राष्ट्रियसभाका दुई समितिमा एमाले र माओवादीका सांसद सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा एमाले र माओवादीका सांसद सभापति निर्वाचित

राष्ट्रिय सभा अन्तर्गत दुइवटा समितिका सभापति निर्वाचित भएका छन् । 

विधायन व्यवस्थापन समिति र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा क्रमश: एमालेकी तुलसा दाहाल र माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् ।

आज भएको निर्वाचनमा विधायन व्यवस्थापन समिति सभापतिमा एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी दाहालको उम्मेदवारी परेको थियो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माओवादीका शर्मा एकल उम्मेदवार थिए ।

टिप्पणीहरू