सर्वोच्चको आदेशविरुद्ध सडकमा अवरोध

सर्वोच्चको आदेशविरुद्ध सडकमा अवरोध

गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । काठमाडौं उपत्यका नदी किनार करिडोर पीडित संघर्ष समितिले गोकर्णेश्वर नगरपालिका–७, माकलवारीस्थित बागमती करिडोर छेउमा विरोध प्रदर्शन गरेको छ ।

झण्डै एक दर्जन प्रदर्शनकारीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मको सडक बन्द गराएका छन् । उनीहरुले टायर र ढुङ्गा राखेर सडक अवरुद्ध पारेका हुन् । सर्वोच्च अदालतले नदी तथा खोलाका दायाँ–बायाँ थप २० मीटर मापदण्ड तोक्न आदेश दिएपछि त्यहाँका स्थानीय आन्दोलित भएका छन् । 

उक्त मापदण्ड कार्यान्वयन गरिए हजारौं नागरिक सुकुम्बासी बन्ने उनीहरुको भनाइ छ । आन्दोलनमा उत्रिएका नदी तथा खोला किनारबासीहरुले सडक अवरुद्ध गरेर नाराबाजी थालेका छन् । उनीहरुले ‘चोर सरकार चाँहिदैन,’ ‘बागमती करिडोर पीडित एक हौ’, ‘जनता मार्न पाइँदैन’, ‘हाम्रो भूमि मिच्न पाइँदैन’,‘सडक विस्तार निर्णय खारेज गर’, ‘गैरन्यायिक फैसला खारेज गर’, ‘गलत फैसला गर्ने न्यायाधीश मुर्दावाद’,लगायत चर्को नारा लगाएका छन् ।

टिप्पणीहरू