इन्द्रजात्रामा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै, विश्वकर्मा पूजा पनि आजै

इन्द्रजात्रामा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै, विश्वकर्मा पूजा पनि आजै
सुन्नुहोस्

काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधनाका साथ इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा मनाइन्छ । 

हनुमानढोका अगाडि अस्ति धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको जात्रा आठ दिनसम्म मनाइन्छ । 

आज राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने कार्यक्रम छ । दिउँसो सवा २ बजे प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु वसन्तपुर पुग्ने बताइएको छ ।

इन्द्रजात्रामा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ । उता थानकोट नजिकैको दहचोकस्थित इन्द्रदहमा पनि आज र भोलि मेला लाग्दैछ । 

आज विश्वकर्मा पूजा मनाईंदै छ । विभिन्न कलकारखानामा औंजार, प्रविधि र मेशिनहरुको पूजा गरेर भगवान विश्वकर्मालाई सम्झने गरिन्छ ।

टिप्पणीहरू