मनकामना केबलकारको प्रविधि आजदेखि डिजिटल

मनकामना केबलकारको प्रविधि आजदेखि डिजिटल

दुई महिनादेखि रोकिएको मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा ल्याइएको छ । नेपालको पहिलो ‘केबलकार’ आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन गरिएको जानकारी दिइएको छ । 

मर्मतका लागि गत असार ३१ गतेदेखि बन्द केबलकार पछिल्लो २६ वर्ष  ‘एनालग’ प्रविधिमा सञ्चालन हुँदै आएको थियो । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गरिएको हो । 

गोरखाको मनकामना मन्दिर दर्शन गर्न जाने यात्रुलाई लक्षित गर्दै मनकामना केबलकार २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

टिप्पणीहरू