भुटानी राजकुमारको स्वागतमा आधा दर्जन अधिकारी
भुटानका राजकुमार जिग्मे दोर्जी वाङचुक नेपाल भ्रमणमा आएका छन् । उनी केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।
डु्रक एअरको उडान नम्बर केबी ४०० मा बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका दोर्जीको भ्रमणबारे विस्तृत रुपमा बताइएको छैन । उनलाई स्वागत गर्न विमानस्थलमा सार्क सचिवालय, काठमाडौंका दुई जना र परराष्ट्र मन्त्रालयका चार जना अधिकृतहरु त्यहाँ पुगेका थिए ।
स्रोतका अनुसार सार्क सचिवालयका निर्देशक दावा छिरिङ, सचिवालयकै कर्मचारी छेवाङ ल्हामोसँगै परराष्ट्रका उपसचिव मोतीबहादुर श्रेष्ठ, शाखा अधिकृत भुवन पौडेल, नायव सुब्बा शरद ढुंगाना र कम्प्युटर सहायक पारस बमले विमानस्थलमा स्वागत गरेका हुन् ।
राजकुमार जिग्मे दोर्जीको बसाई काठमाडौंको गोकर्ण रिसोर्टमा मिलाइएको छ । उनी भुटानी गुम्बाको नामले चिनिने बौद्धको सेचेन गुम्बामा पनि प्रार्थनाको लागि जाने बुझिएको छ ।
टिप्पणीहरू