शिक्षा दिवसमा नौ जना पुरस्कृत

शिक्षा दिवसमा नौ जना पुरस्कृत
सुन्नुहोस्

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ आज देशभर विविध कार्यक्रम गरी आज शिक्षा दिवस मनाईंदै छ । सो अवसरमा सरकारले वर्षेनी शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गर्दै आएको छ । 

यो वर्ष ‘राष्ट्रिय, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१’ का लागि छनौट भएका नौ जनाको सूची शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । तीमध्ये स्वास्थ्यतर्फ राष्ट्रिय विज्ञान प्रतिष्ठानका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमाललाई प्रदान गरिँदै छ । त्यस्तै, वातावरणतर्फको पुरस्कार काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा.नानी राउत र ऊर्जातर्फ पुल्चोक क्याम्पसका सहप्राध्यापक डा.श्रीराज शाक्यलाई प्रदान गर्न लागिएको छ ।

कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. माधवप्रसाद पाण्डेय, उच्च शिक्षाका लागि काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा.विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.विनोद दवाडीले पुरस्कार पाउँदैछन् । 

विद्यालय शिक्षातर्फ काठमाडौंस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ नेपाल विशेष अनलाइनका छत्र कार्की र विज्ञान तथा प्रविधिमा कार्यरत कर्मचारीमा मन्त्रालयकी सिडिई मनीषा महर्जन पुरस्कारका लागि छनौट भएको जनाइएको छ ।

टिप्पणीहरू