‘मिस्टर काठमाडौँ’ जितेको एक हप्तामै निधन

‘मिस्टर काठमाडौँ’ जितेको एक हप्तामै निधन
सुन्नुहोस्

शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ । उनको आज हृदयघातका कारण मृत्यु भएको हो ।

प्राप्त जानकारीअनुसार ४५ वर्षीया राई आज बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा ढलेका थिए । लगत्तै ग्राण्डि हस्पिटल पुर्याइएको थियो ।

​​​​फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए । दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए ।
 

टिप्पणीहरू