पूर्वराजा १० दिनपछि काठमाडौँ फिर्ता

पूर्वराजा १० दिनपछि काठमाडौँ फिर्ता

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन् । 

पूर्वराजासहित चार जनाको टोली आज दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँ ओर्लिएको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र विभिन्न भेटघाट तथा अभिनन्दनका लागि पटक-पटक झापाको दमक जाने गरेका छन् । पछिल्लो पटक भदौ २३ गते उनीसहित ३ जना त्यता गएका थिए ।

१० दिनको दमक बसाईपछि उनी आज काठमाडौँ आइपुगेका हुन् ।

टिप्पणीहरू