दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिएको अदालतका कर्मचारी श्री पौडेलले जनआस्थालाई बताए । ‘विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गर्न उनीविरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ’, उनले भने । 

प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि विद्युतीय कारोवार ऐनको कसूरमा अनुसन्धानका लागि प्रहरीले अनुमति मागेको थियो ।

टिप्पणीहरू