असरल्ल अवस्थामै उद्घाटित धरहरा भोलिदेखि खुला

असरल्ल अवस्थामै उद्घाटित धरहरा भोलिदेखि खुला

तीन वर्षअघि उद्घाटित धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागेको जनाएको छ ।

पुनर्निर्माण सम्पन्न नहुँदै ०७८ बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो । तर, अहिले पनि पूर्णतः निर्माण सम्पन्न भइसकेको छैन । अझै पाँच प्रतिशत काम बाँकी रहेको धरहरा खुलाउने निर्णय प्रधानमन्त्री ओलीले भदौ २७ गतेको क्याबिनेट बैठकबाट गराउनुभएको हो । 

पुननिर्माण प्राधिकरणले निर्माण शुरु गरेको यस आयोजनालाई अहिले शहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले हेरिरहेको छ । विभागका अनुसार भोलिदेखि दैनिक पाँच सय नागरिकले धरहराको अवलोकन गर्न सक्नेछन् । 

केही समय प्रवेश निःशुल्क गरिने र बिस्तारै डिजिटल एपमार्फत् टिकट काट्ने व्यवस्था गरिने बताइएको छ । २२ तलाको धरहरामा जमिन मुनिका तीन तलासम्म पार्किङको व्यवस्था छ । 

धरहरा परियोजनाको लागि शुरुमा सरकारले तीन अर्ब ४५ करोडको बजेट विनियोजन गरेको थियो । तर, कोभिड महामारीको कारण निर्माण प्रभावित भएपछि २०७८ मा पुनः दुई अर्ब थपिएको थियो ।

टिप्पणीहरू