डेरामा बस्नेको कोठा फुटाएर धनमाल चोरी

डेरामा बस्नेको कोठा फुटाएर धनमाल चोरी

काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा लाखौँको धनमाल चोरी भएको छ । 

हिमाल हस्पिटल नजिक डेरामा बस्ने मकवानपुरका ३५ वर्षीय सुरेश परियारको कोठामा चोरी भएको हो । हिजो साँझ कोठामा कोही नभएको बेला ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ५० हजार गरी करिब नौं लाख २१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।

टिप्पणीहरू