संविधान दिवसको दिन ‘दलितलाई खै’ भन्दै जुलुस

संविधान दिवसको दिन ‘दलितलाई खै’ भन्दै जुलुस
सुन्नुहोस्

संविधान प्रदत्त हकअधिकार माग गर्दै दलित अगुवाहरुले काठमाडौंमा जुलुस निकालेका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याविनेटमा दलित समुदायको प्रतिनिधित्व नगराइएपछि गत साउन २३ गतेदेखि ‘दलितका लागि दलित अभियान’ ले शुरु गरेको विरोध कार्यक्रमअन्तर्गत आज संविधान दिवसको दिन बृहत जुलुस निकालिएको हो ।  

दिउँसो माइतीघरबाट निकालिएको जुलुस बानेश्वरतर्फ मोडिएको छ । अभियानका संयोजक खगेन्द्र सुनारसहित सयौंको संख्यामा रहेका प्रदर्शनकारीले गोडामा कैदीलाई लगाइने नेल लगाएर दलितलाई समान अवसर नभएको भन्दै नाराबाजी  गरेका छन् । 

उनीहरुले ‘दलित एकता जिन्दावाद’, ‘संसारभरिका दलित एक हौं’, ‘दलितलाई खै’, लगायत लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

तस्बिरहरु


 

टिप्पणीहरू