संसद भवनअगाडि कालो झण्डा देखाउने ७ जना पक्राउ

संसद भवनअगाडि कालो झण्डा देखाउने ७ जना पक्राउ
सुन्नुहोस्

बानेश्वरस्थित संघीय संसद भवनअगाडि कालो झण्डा देखाउन खोज्दा प्रहरीले सात जनालाई समातेको छ । 

आज दिउँसो साढे १ बजेतिर संविधानको विरोध गर्दै संसद भवनको ३ नम्बर गेटमा कालो झण्डा देखाउन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत गौशालामा राखेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू