कन्सर्टमा बालेन समर्थकद्वारा नाराबाजी, सरकार समर्थितद्वारा कुटपिट

कन्सर्टमा बालेन समर्थकद्वारा नाराबाजी, सरकार समर्थितद्वारा कुटपिट

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि कुटपिट भएको छ । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ कार्यक्रममा पुगेका बालेनका समर्थक कुटिएका हुन् ।

भर्खरै शुरु भएको कन्सर्टमा केही युवाले बालेनको नाम लिँदै नाराबाजी गरेपछि त्यहाँ खटिएका सरकार समर्थित युवाहरुले आक्रमण गरेको बताइन्छ । लफडा चर्कने सुरसार हुँदै गर्दा तत्काल प्रहरी पुगेकाले अवस्था सामान्य भएको बुझिएको छ । अहिले बालेन समर्थक र आक्रमणमा संलगन युवाहरु तितरवितर भैसकेका छन् । 

प्रहरीले आक्रमण गर्ने युवाहरुको पहिचान नखुलेको बताएको छ । तर, उनीहरु एमाले निकट अनेरास्ववियुका कार्यकर्ता हुनसक्ने बालेन पक्षधरहरुको आरोप छ । अस्ति इन्द्रजात्रामा पनि बालेन समर्थकहरु वसन्तपुरबाट पक्राउ परेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ साढे ६ बजे दरबारमार्ग पुग्दै हुनुहुन्छ । सोही कन्सर्टलाई लक्षित गरेर राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

टिप्पणीहरू