सेनाको पर्वतीय परेड सम्पन्न, विदेशीसहित २३ जना काठमाडौँ फिर्ता

सेनाको पर्वतीय परेड सम्पन्न, विदेशीसहित २३ जना काठमाडौँ फिर्ता
सुन्नुहोस्

नेपाली सेनाले जोमसोममा आयोजना गरेको ४० दिन लामो पर्वतीय युद्धकला तालिम आज सम्पन्न भएको छ । 

जोमसोममा तैनाथ सेनाको उच्च शिखर शिक्षालयमा गत साउन २७ गतेदेखि शुरु भएको तालिममा ११ विदेशीसहित ८० सैनिकले भाग लिएका थिए । पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले सेनाले यस्तो तालिम संचालन गर्दै आएको छ । 

उपरथी ध्रुवप्रकाश शाहसहितले तालिम समापनसँगै अन्तिम प्रवचन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मध्यएयर वेशबाट एमआई-१७ हेलिकप्टरमा उपरथी शाहसहित १२ जना जोमसोम पुगेका थिए ।  

११ जना विदेशी र १२ नेपाली सेनासहित २३ जनाको टोली सोही हेलिकोप्टरमा दिउँसो काठमाडौँ फर्किएको छ ।

टिप्पणीहरू