देश छोड्नेहरूको लर्काे

देश छोड्नेहरूको लर्काे

राहदानी लिएर वैदेशिक रोजगारमा जाने नागरिकको संख्या एक वर्षको अवधिमा १२ हजार २ सय ६३ पुगेको छ । जसमा पुरुष ८ हजार ६ सय ८८ जना र महिला ३ हजार ५ सय ७५ जना छन् ।

अवसरका लागि जिल्ला छाडेर अन्य मुलुक जानेहरू पनि टन्नै छन् । यसमा भारत जानेहरूको हिसाब छैन । राहदानी बनाउनेमध्ये अन्य केही समयका लागि घुम्न र अध्ययनका लागि गएको बताइएको छ । वैदेशिक रोजगारका लागि म्यानपावरमार्फत पुरुष ४ हजार १ सय ९३ जना र महिला १ हजार ५ सय ४० जना गएका छन् । दुई देशको जिटुजी सम्झौताअन्तर्गत जानेमा पुरुष २ सय ९४ जना छन् । यसरी ६ हजार २७ जना बिदेशिएका छन् । व्यक्तिगत तवरबाट १ हजार ४ सय ६८ जना पुरुष ७ सय ५ जना महिला गरी २ हजार १ सय ७३ जना विदेश गएका छन् । नयाँ थप विदेश जानेमा पुरुष ५ हजार ९ सय ५५ जना र महिला २ हजार २ सय ९५ गरी ८ हजार २ सय ५० जना छन् ।

वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि आप्रवासी स्रोत केन्द्रबाट २०७६ पुस २१ गतेदेखि २०८१ असारसम्म सूचनामा पहुँच कार्यक्रममार्फत ४१ हजार ५६ जनालाई निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको छ । सीप विकासतर्फ २ सय १३ जना सिफारिस भएकोमा ४८ जनाले मात्रै तालिम लिएका छन् । न्यायमा पहुँचको सुविधा १ सय ७८ जनाले लिएका छन् ।

पिएनसिसीमा १ सय २७ जनाको सिफारिस भएकोमा सेवा लिन सक्ने अवस्था शून्य भयो । जिल्ला प्रशासन कार्यालयमा २७ वटा उजुरी सिफारिस भएकोमा २ वटा मात्रै कार्यान्वयन भएको छ । जसमा ४ लाख ५० हजार फिर्ता भएको छ । ठगीका धेरै उजुरी दर्ता हुने गरेको छ । मनोसामाजिक परामर्श ३ सय ३३ जनाले लिएका छन् । जसमा ३ सय ९ महिला र २४ जना पुरुष छन् । वित्तीय साक्षरता १ हजार ३ सय जनाले पाएका छन् । वैदेशिक रोजगारबाट पठाएको रकम हरेक दिन खर्च भएको शीर्षक र पासबुकमा चढाउने गरिएको छ । वित्तीय साक्षरता कार्यक्रमले पारिवारिक सम्बन्धमा अझै विश्वास बढेको छ ।

आप्रवासी कामदार तथा तिनका परिवार र रिटर्नी आप्रवासी सञ्जालका ब्यक्तिहरूलाई लक्ष्यित समूह मानेर सामी कार्यक्रम सन्चालन गरिएको थियो । सामी कार्यक्रमका संयोजक वसन्त कुँवरले कार्यक्रम प्रभावकारी भएको बताए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू