नेपाल प्रहरीका इन्स्पेक्टर भारतमा पुरस्कृत

नेपाल प्रहरीका इन्स्पेक्टर भारतमा पुरस्कृत
सुन्नुहोस्

भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित ‘बेसिक ट्रेनिङ कोर्स फर आईपीएस अफिसर’ तालिममा सहभागी नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सनम मल्ल पुरस्कृत भएका छन् ।

उनी ‘द बेस्ट जेन्टलम्यान प्रोभाटियोनर फर सीटी’ पुरस्कारबाट पुरस्कृत भएका हुन् । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालकोसमेत उपस्थिति रहेको जनाइएको छ ।

सन् २०२३ नोभेम्बर १३ देखि शुरू उक्त तालिममा नेपाल प्रहरीका पाँच जना इन्स्पेक्टर विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार सहभागी भएका थिए ।

टिप्पणीहरू