दशैंमा अष्टमी र नवमी एकै दिन, टीकाको साइत बिहान ११ः३६ बजे

दशैंमा अष्टमी र नवमी एकै दिन, टीकाको साइत बिहान ११ः३६ बजे

यो वर्षको दशैंमा अष्टमी र नवमी एकै दिन परेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार असोज २५ गते शुक्रबारका दिन अष्टमी र नवमी परेको छ । विजया दशमीको शुभसाइत भोलिपल्ट २६ गते शनिबार बिहान ११ः३६ का लागि उत्तम रहेको बताइएको छ । 

समितिले विजया दशमीको दिन बिहान ८ः३३ बजे देवी बिर्सजनको साइत र टीकाको साइत बिहान ११ः३६ का लागि उत्तम ठहर्याएको छ । विजया दशमीको प्रसाद ग्रहण गर्दा टीका लगाउने व्यक्ति पूर्वतर्फ फर्केर बस्नुपर्ने उल्लेख छ । 

असोज १७ गते बिहीबारदेखि शुरु हुने दशैंमा घटस्थापनाको साइत बिहान ९ः१६ बजे निस्केको छ । असोज २४ गते बिहीबारका दिन फूलपाती र असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा परेको छ ।

टिप्पणीहरू