घरभाडा बुझाउन रवि र जिबीलाई सात दिने पुर्जी

घरभाडा बुझाउन रवि र जिबीलाई सात दिने पुर्जी

रवि लामिछाने प्रबन्ध निर्देशक र गितेन्द्र बाबु (जिबी) राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दाको सम्झौताबमोजिम जग्गाको भाडा नतिरेपछि काठमाडौं काठमाण्डौ महानगरले ताकेता गरेको छ । बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास सामुन्ने रहेको गोरखा मिडियाको कार्यालय स्थानीय मृगेन्द्रप्रसाद मिश्रको जग्गामा बनाइएको छ । 

काठमाडौं महानगरको ३ नम्बर वडास्थित जग्गा भाडामा लिएर बनाइएको मिडियाले भाडा नतिरेपछि मिश्रले महानगर गुहारेका थिए । उनको निवेदनबमोजिम नगर कार्यपालिका कार्यालयले जिबी राईलाई ७ दिनभित्र आफैँ वा कानुनबमोजिमको वारेसमार्फत् उक्त मुद्दा (विवाद) सँग सम्बन्धित आफूसँग भएका प्रमाण कागजसहित लिखित जवाफ लिएर आउन सूचना जारी गरेको छ । 

मिश्रले यसअघि भाडा असुलीका लागि ३ नम्बर वडा कार्यालयमा निवेदन दिएका थिए । वडाले सम्झौताबमोजिम भाडा उपलब्ध गराइदिन केही महिनाअघि ग्यालेक्सीको ढोकामा सूचना टाँस गरेको थियो । तर,रवि र जिबीको तर्फबाट भाडा तिर्न कोही नगएपछि उक्त विषय महानगरको कार्यालय पुगेको हो ।

टिप्पणीहरू