प्रधानमन्त्रीलाई न्युयोर्क विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई न्युयोर्क विमानस्थलमा स्वागत
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुग्नुभएको छ । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति पौने १० बजे त्यहाँ पुग्नुभएको बताइएको छ ।

प्रधानमन्त्रीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदीलगायतले स्वागत गरेका हुन् ।
 

टिप्पणीहरू