आफ्नो सैन्य टोली बोकेर उड्यो अमेरिकी विमान

आफ्नो सैन्य टोली बोकेर उड्यो अमेरिकी विमान

३७ जनाको टोली लिएर अमेरिकी वायुसेनाको विमान काठमाडौंबाट अमेरिकाको लागि उडेको छ । भदौ ३० गतेदेखि हिजोसम्म नेपाली सेनाद्वारा आयोजित तालिममा सहभागी टोली आज बिहान साढे १० बजे वायुसेनाको किङ्ग ५ विमानमा फर्केको जनाइएको छ । 


 
टोली यसअघि वायुसेनाको एचसी १३० जे कम्ब्याट किंग २ विमानमा बैंकक हुँदै काठमाडौं आएको थियो । प्यासिफिक एन्जल २४–२ नामक तालिम हवाई उद्धार,विमान मर्मत, बाढी तथा प्रकोप उद्धार र मेडिकल टिममा केन्द्रित रहेको बताइन्छ ।

टिप्पणीहरू