चीनमा निर्मित ठूला विमानको उडान र बजार विस्तार हुँदै

चीनमा निर्मित ठूला विमानको उडान र बजार विस्तार हुँदै
सुन्नुहोस्

चीनमा निर्मित ठूलो विमान सी ९१९ ले ल्हासा विमानस्थलमा पनि सफल उडान गरेको छ । चीनको कमर्सियल एअरक्राफ्ट कर्पोरेशनद्वारा निर्मित उक्त विमानले केही दिनअघि सिचुआन प्रान्तको राजधानी छन्तुको सुआंगलिउ इन्टरनेशनल एअरपोर्टबाट ल्हासा उडान गरेको बताइन्छ । 

२ घण्टा ८ मीनेट लामो उडानपछि विमान ३ हजार ५६९ मीटर अग्लो स्थानमा रहेको ल्हासा गोंगर विमानस्थलमा अवतरण गरेको थियो । यसबाट उक्त विमान सर्वाधिक उचाईका विमानस्थलमा उडानको लागि समेत उपयुक्त रहेको प्रमाणित भएको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ । 

यसअघि सेप्टेम्बर १० का दिन उक्त सिरिजको विमानले राजधानी बेइजिङबाट व्यावसायिक उडान थालेको थियो । एअर चाइनाको उडान नम्बर सीए १५२३ मा न्यारो बडीको सि ९१९ विमान बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाईको होङछ्याउ विमानस्थल उडेको बताइन्छ । 

विश्वबाट उक्त सिरिजको एक हजार वटा विमान खरिदको अर्डर आइसकेको जनाइएको छ । चीन भित्रैका तीन वटा मुख्य एअरलाइन्स प्रत्येकले एक सय वटा विमान खरिद गर्दैछन् ।

गत अगष्ट २८ मा एअर चाइना र चाइना साउदर्न एअरलाइन्सले न्यारो बडीका ती विमान एक एक वटा खरिद गर्दा चीनभित्रै चाइना इस्टर्नलगायत अन्य कम्पनीले सात वटा बुझिसकेका थिए । एअर चाइनालाई प्रदान गरिएको आठौं र साउदर्नलाई नवौं विमान हस्तान्तरण गरिएको थियो ।


विश्वबाट उक्त सिरिजको एक हजार वटा विमान खरिदको अर्डर आइसकेको जनाइएको छ । चीन भित्रैका तीन वटा मुख्य एअरलाइन्स प्रत्येकले एक सय वटा विमान खरिद गर्दैछन् । 

विमान निर्माता कम्पनीले यो वर्षभित्र ३० वटा, अर्को वर्ष ५४ वटा, २०२६ मा ८४ वटा, २०२७ मा ११० वटा र २०२८ मा १२६ वटा विमान सम्बन्धित एअरलाइन्सलाई बुझाउने योजना बनाएको छ । उता युरोपेली युनियनको उड्डयन सुरक्षा एजेन्सी र चीनको नागरिक उड्डयन कार्यालयबीच भएको लामो छलफलपछि सी ९१९ लाई इयु फ्लाइट सर्टिफिकेट मिलेको छ । यसबाट चिनियाँ विमान युरोपको बजारमा समेत पुग्ने मार्ग खुलेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।

टिप्पणीहरू