इन्द्रजात्राको रथयात्रा र राजावादीहरुको नाराबाजी एउटै समयमा

इन्द्रजात्राको रथयात्रा र राजावादीहरुको नाराबाजी एउटै समयमा
सुन्नुहोस्

प्रहरीले राजावादीहरुको एउटा समूहलाई काठमाडौंको हनुमानढोका क्षेत्रबाट पक्रेको छ । साँझ ७ बजेको समयमा सानो पशुपति मन्दिर नजिकैबाट विभिन्न नारा लगाउँदै गरेका आधा दर्जनको संख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेर गिरिबन्धु टिस्टेट, बलात्कार, भ्रष्टाचार, एमसीसीबारे चर्का नारा लगाउँदै ‘राजा आउ देश बचाउ’ भनेपछि प्रहरीले उनीहरुलाई विशाल बजार जनसेवामा लगेको हो । पक्राउ परेकामा चितवनकी ६१ वर्षीया माया पाण्डे, लमजुङका ६१ वर्षे अर्जुन भनिने छत्रदत्त जोशीसँगै शंकर मजगैया, ज्योती बानिया, प्रकाश श्रेष्ठलगायत हुन् ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको राष्ट्रिय नागरिक श्रमिक महासंघका अध्यक्ष बलबहादुर तामाङको नेतृत्वमा आज साँझ चाबहिलमा मसाल जुुलुस निकालिएको छ । उपत्यकाको तीन स्थानमा जुलुस निकालिएको बताइएको छ । भक्तपुरमा देबेन्द्र श्रेष्ठ, ललितपुरमा विष्णु जङ्ग बस्नेत र काठमाडौमा देवी संग्रौलाको नेतृत्वमा राँके जुलुस निकालिएको बताइएको छ ।

यसैबीच हनुमानढोका र बसन्तपुर क्षेत्रमा आज १० हजारभन्दा बढी श्रद्धालुहरुको उपस्थितिमा गणेश, भैरव र कुमारीको रथ तानिएको छ । इन्द्रजात्राको अन्तिम दिन अपरान्ह साढे ४ बजेदेखि रथयात्रा गरिएको हो ।
 

टिप्पणीहरू