रास्वपा र राप्रपाका नेताहरु रातारात चीनतिर

रास्वपा र राप्रपाका नेताहरु रातारात चीनतिर

राप्रपा नेता ध्रुवबहादुर प्रधान उडेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डल चीन गएको छ । उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली मध्यराति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौतिर लागेको हो ।

टोलीका अन्य सदस्यमा प्रतिनिधिसभा सदस्यहरु शिशिर खनाल,डा. तोसिमा कार्की,मनिष झा,असिम साह,शिव नेपाली,गणेश पराजुली छन् । त्यसैगरी केन्द्रीय सदस्यहरु बासुमाया तामाङ,निशा मेहता,पुकार बम,लिमा अधिकारी, प्रकाश विष्ट,तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ पनि टोलीमा छन् ।

यसवीच राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन नेतृत्वको टोली बेलायत पुगेको छ । पार्टी निकट प्रवासी नेपाली एकता समाज,पानस युकेको निम्तोमा टोली अस्ति राति दोहा हुँदै लण्डन गएको हो ।

टिप्पणीहरू