भैरहवाबाट सीधै उड्न सकिएला त चीन ?

भैरहवाबाट सीधै उड्न सकिएला त चीन ?

लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको क्वाङतोङ प्रान्तमा सोझो हवाई उडानबारे चिनियाँ अधिकारीहरुले चासो देखाएका छन् । नेपाल भ्रमणमा रहेको क्वाङतोङ प्रान्तीय जनसरकारको प्रतिनिधिमण्डलले हिजो यसबारे छलफल गरेको छ ।

क्वाङतोङ प्रान्तीय जनसरकारको विदेश मामिला कार्यालयका उपमहानिर्देशक छियान् होङचे नेतृत्वको टोलीले लुम्बिनी भ्रमणको क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप तिवारीसँगको भेटमा उक्त चासो राखेको बताइएको छ ।

टिप्पणीहरू