मेलमिलापकर्तामा सूचीकृत हुन आह्वान

मेलमिलापकर्तामा सूचीकृत हुन आह्वान

काठमाडौं महानगरपालिकाले स्वयंसेवी मेलमिलापकर्ता खोजेको छ । आज सूचना सार्वजनिक गर्दै महानगरले मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता भई काम गर्न इच्छुकलाई सूचीकृत हुन आह्वान गरेको हो । 

सूचनामा विवादका पक्षहरुसँग पारिश्रमिक नलिने गरी मेलमिलापकर्तामा सूचीकृत हुन योग्यता पुगेका  इच्छुक मेलमिलापकर्तालाई निवेदन पेश गर्न भनिएको छ । 

‘विवादका पक्षहरुसँग पारिश्रमिक नलिने गरी मेलमिलापकर्तामा सूचीकृत हुन योग्यता पुगेका मेलमिलापकर्ताले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिका कानून तथा मानव अधिकार विभागमा निवेदन पेश गर्न सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ । 

महानगरले आर्थिक वर्ष २०८०-०८१ मा सूचीकृत मेलमिलापकर्तालाई समेत अद्यावधिक गर्न पुनः निवेदन पेश गर्न भनेको छ । यससम्बन्धी विस्तृत जानकारी महानगरबाट लिन सकिनेछ ।

टिप्पणीहरू