बोनम्यारो पीडितले गरिन् सहयोगको याचना

बोनम्यारो पीडितले गरिन् सहयोगको याचना
सुन्नुहोस्

बोनम्यारो रोगबाट पीडित एक महिलाको उपचारका लागि सहयोगको याचना गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलकी ३३ वर्षीया सावित्री श्रेष्ठको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि उनका भाइ मदन श्रेष्ठले सहयोगका लागि हात फैलाएका हुन् । 

दिदीको उपचारका लागि आफुहरुले भ्याएसम्म गरेको तर थप उपचारका लागि खर्च अभाव भएकाले मनकारीहरुसँग आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेका छन् । उनका अनुसार साबित्री विगत एक वर्षदेखि बोनम्यारो रोगबाट पीडित छिन् । 

दुई साताअघि उनलाई निकै गाह्रो भएपछि उपचारका निम्ति काठमाडौंस्थित टिचिङ हस्पिटल ल्याइयो । तर, अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले आर्थिक समस्याका कारण उनले सहयोगका लागि हारगुहार गरेका हुन् । 

मदनले आफ्नी दिदीको पुनर्जीवनको आशाका लागि सहयोग मागेको बताएका छन् । उनले सहयोगका लागि मोबाइल नम्बर ९८६०८६९२२४/९८४९७४३०२० मा सम्पर्क गर्न आग्रह गरेका छन् । त्यस्तै, मदनको एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०६७००५०१२००८९५ मा पनि आर्थिक सहयोग उपलब्ध गराउन सकिने छ ।

टिप्पणीहरू