एमाले कार्यकर्ताले पोष्ट उडाइदिएको माननीयको हारगुहार

एमाले कार्यकर्ताले पोष्ट उडाइदिएको माननीयको हारगुहार
सुन्नुहोस्

काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले जस्तै पूर्वपन्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले पनि एमाले कार्यकर्ताले आफ्नो फेसबुक पोष्ट उडाइदिएको आरोप लगाएका छन् । 

'भाइरल सांसद' भनेर चिनिएका शाहीले आज बिहान फेसबुकमै अर्को स्टाटस लेखेर आफ्नो पोष्ट डिलिट गराइएको जानकारी गराएका हुन् । जुम्लाको स्याउ काठमाडौँ ल्याउन सहजीकरण गराउने सम्बन्धमा लेखिएको स्टाटस एमालेका कार्यकर्ताले रिपोर्ट गरेर उडाएको उनको आरोप छ । 

'१ घण्टा अगाडि लेखेको यो पोष्ट प्रधानमन्त्रीज्यूका साईबर स्यालले उडाएछन् ,त्यसैले फेरि लेख्दैछु भन्दै उनले लेखेका छन्, 'अर्गानिक जुम्लाको स्याउ काठमाडौंमा बिक्री नभएको स्याउका ठेकेदारहरुले बिदेशी स्याउ खरिदबिक्री गरेकाले अब जुम्लाका किसानको लागि निशुल्क गाडी उपलब्ध छ,सम्पर्कमा आउनुहोला । अब काठमाण्डौ उपत्यका टाेल-टाेलमा पुर्याएर किसानहरुको लगानी उठाउन सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्दछौँ । 

यसअघि एमाले लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले बाल श्रमशोषण गरेको  विषयमा आफूले लेखेको फेसबुक स्टाटस ओलीले आफ्ना कार्यकर्तालाई लगाएर डिलिट गराएको बालेनले आरोप लगाएका थिए ।
 

टिप्पणीहरू