ट्रकमा फेला पर्यो बीलभन्दा बढी सामान

ट्रकमा फेला पर्यो बीलभन्दा बढी सामान
सुन्नुहोस्

हार्डवेयरको सामान बोकेर वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा बिलबिजकभन्दा बढी सामान राखेको भेटिएपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिइएको जनाएको छ । 

गएराति वीरगञ्ज महानगरपालिका–१९ स्थित सिर्सिया चोकबाट ना.५ ख १६७ नम्बरको मालवाहक ट्रक पक्राउ गरिएको हो । प्रहरीका अनुसार ट्रकमा एक करोड ४२ लाख एक हजार ७९२ रुपैयाँ बराबरको हार्डवेयर सामान फेला परेको छ । ट्रकलाई आवश्यक कारबाहीका निम्ति राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

टिप्पणीहरू