उडिरहेको विमानमा बाँडिएको खानामा जिउँदो मुसा

उडिरहेको विमानमा बाँडिएको खानामा जिउँदो मुसा
सुन्नुहोस्

यात्रुलाई खुवाइने खानाको प्लेट (फुड ट्रे) मा जिउँदो मुसा भेटिएपछि स्क्यान्डिनेभियन एअरलाइन्सको विमान आपतकालीन अवतरण गर्नुपरेको छ । नर्वेको राजधानी ओस्लोबाट स्पेनको मलागा जाँदै गरेको विमान डेनमार्कको राजधानी कोपेनहेगनमा आकस्मिक अवतरण गरिएको बताइएको छ । 

एक जना यात्रुले आफ्नो खानामा मुसा फेला पारेपछि विमान अवतरण गरेर यात्रुहरुलाई अर्को विमानमा मलागा पठाइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यात्रुले खाना खान लागेपछि भागेको मुसाले विमानको तार चपाउने खतरा देखिएपछि पाइलटले आकस्मिक अवतरण गरेका हुन् । 

विमान कम्पनीका प्रवक्ता ओइस्टेन श्मिटले पुनः त्यस्तो घटना हुन नदिनका लागि सतर्कता अपनाउने बताएका छन् । ‘हामीले अर्को उडानमार्फत यात्रुलाई मलागा पठायौं । यस्तो घटना विरलै हुने गर्छ । फेरि त्यस्तो घटना नहोस् भनेर हामी सुनिश्चित गर्छौं’,उनले भने । 

उडिरहेको विमानमा मुसा फेला परेको यो पहिलो घटना होइन । सन् २०१७ मा ब्रिटिस एअरवेजको विमानमा पनि मुसा भेटिएको थियो ।
 

टिप्पणीहरू