वडासचिवको कार्यकक्षमा दुई लाख

वडासचिवको कार्यकक्षमा दुई लाख

कास्कीको पोखरा महानगरपालिकाको १३ नम्बर वडा कार्यालयमा दुई लाख रुपैयाँ भेटिएको छ । वडासचिव अञ्जु गुरुङ्गको कार्यकक्षमा रहेको सोफामा बेवारिसे छोडिएको ब्यागमा हिजो साँझ दुई लाख रुपैयाँ फेला परेको छ । 

साँझ अबेलासम्म कोही पनि झोला लिन नआएपछि वडा कार्यालयले वडा प्रहरी कार्यालय, रामबजारमा खबर गरेको थियो । प्रहरी टोलीले वडा सदस्यको रोहबरमा ब्याग खोल्दा दुई लाख नगद, एउटा हाफ पाइन्ट, टिसर्ट, क्यामेरा र मोटरसाइकलको साँचो फेला परेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले प्रमाणसहित सम्पर्कका लागि सूचना जारी गरेपनि हालसम्म कोही सम्पर्कमा पुगेका छैनन् । कसैले दाबी गर्न नआएपछि सो झोला वडा कार्यालय रामबजारमा राखिएकोे छ ।

टिप्पणीहरू