धनराजलाई समात्न माग गर्दै रविका कार्यकर्ता सडकमा

धनराजलाई समात्न माग गर्दै रविका कार्यकर्ता सडकमा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको विरोधमा सो पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् । रास्वपा गण्डकी प्रदेश समितिले आज पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेको हो । 

राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई कारबाही गर्न खोजिएको उनीहरुको आरोप छ । त्यसक्रममा रास्वपाका कार्यकर्ताले ‘धनराज गुरुङ्गलाई कारबाही गर’,‘राजनीतिक प्रतिशोध साँध्न पाइँदैन्’,‘सहकारी पीडितलाई न्याय देऊ’,‘फाशिष्ट सरकार मूर्दावाद’,जस्ता नारासमेत लगाए । 

सहकारी संस्था बचत हिनामिना छानविन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक जिबी राई, छविलाल जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि र हाल पूर्पक्षका निम्ति थुनामा रहेका कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गरेको छ । 

पूर्वडिआईजीसमेत रहेका छविलाल हिजो पक्राउ परेपछि रवि पनि पक्राउ पर्ने अनुमान लगाइएको छ । हिजै वनस्थलीस्थित पार्टी कार्यालयमा आफू पक्राउ पर्ने आशंकासहित रविले चर्को भाषण गरेका थिए ।  

यता, १० दिने भ्रमणका लागि शनिबार चीन गएको रास्वपाका नेताहरुको टोली आज आकस्मिक स्वदेश फर्किने भएको छ ।
 

टिप्पणीहरू