प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरिँदै

प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरिँदै

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातकको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्ने भएको छ । आज बसेको समिति बैठकमा भट्टराईको नाम अस्वीकृतिका लागि आवश्यक संख्या नपुगेपछि भोलिको बैठकमा अस्वीकृत गर्न लागिएको छ । 

समितिको आजको बैठकमा १५ मध्ये आठ जनामात्रै उपस्थित भएकाले  दुईतिहाईका लागि भोलि बैठक राखिएको हो । भट्टराईसँग यसअघि समितिले स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन आजसम्मको म्याद दिएको थियो ।

सरकारले यसअघि प्रस्तावित १८ मध्ये १६ राजदूतको नाम अनुमोदन भइसकेको छ । तीमध्ये पनि चार जना बहुमतको आधारमा र १२ जना सर्वसम्मत भएका थिए । दुई जनामध्ये अष्ट्रेलियाका लागि प्रस्तावित कान्ता भट्टराईको नाम निर्णय भएपनि सरकारले पछि फिर्ता लिएको थियो । उनले यसअघि इजरायलमा राजदूत हुँदा लगिएको सहयोगीलाई इजरायलमा छाडेर आएपछि त्यहाँको सरकारले गम्भीर आपत्ति जनाएको थियो ।

टिप्पणीहरू