असोजमा गर्मी बढेपछि विद्यालय बन्द

असोजमा गर्मी बढेपछि विद्यालय बन्द

धनुषाको जीतपुरसिमरा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मी बढेपछि उपमहानगरले भोलि र पर्सि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी दुई दिन विद्यालयमा पठनपाठन स्थगन गर्न निर्देशन दिएको जनाएको छ । 

वर्षे बिदाबाट कट्टा हुने गरी असोज ९ गतेसम्म बिदा दिइएको हो । जारी सूचनामा, ‘बढ्दै गरेको अत्याधिक गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न असर परेको भनी विभिन्न माध्यमबाट यस कार्यालयमा जानकारी प्राप्त भएकोले मिति २०८१÷०६÷०७ गतेको निर्णयानुसार असोज ८ र ९ गते दुई दिन वर्षे बिदाबाट कट्टा हुने गरी यस उपमहानगरअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन स्थगित गरिएको,’ उल्लेख छ ।

टिप्पणीहरू