दुर्गा प्रसाईंको मुद्दा भावी प्रधानन्यायाशीको बेञ्चमा

दुर्गा प्रसाईंको मुद्दा भावी प्रधानन्यायाशीको बेञ्चमा

राजावादी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई हुन लागेको छ । छोरा निराजनले हिजो सर्बोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ । 

पेशीसूचीको ३ नम्बरमा रहेको रिटमा प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ । 

साइबर अपराधसम्बन्धी कसूरमा प्रसाईंलाई अस्ति अपरान्ह भक्तपुरको कमेरोटारस्थित उनकै निवासबाट नेपाल प्रहरीको साइबर ब्यूरो टोलीले नियन्त्रणमा लिएको थियो । काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएका उनी अस्ति साँझदेखि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएका हुन् ।


 

टिप्पणीहरू