आज पनि एक थोपा रगत रहुञ्जेल केपी ओलीसँग लड्ने उद्घोष

आज पनि एक थोपा रगत रहुञ्जेल केपी ओलीसँग लड्ने उद्घोष
सुन्नुहोस्

चरित्र हत्याको कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले चर्का नारा लगाएका छन् । उनीहरुले प्रसाईंको रिहा माग गर्दै मुखमा मास्क र कालो टेप लगाएर राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

समर्थकहरुले ‘एक थोपा रगत रहुञ्जेल केपी ओलीसँग लड्छु’ भन्ने प्रसाईंको अभिव्यक्तिलाई नारा बनाएका छन् । प्रसाईंको रिहाइका लागि सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई हुने क्रममा नाराबाजी भएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइ्न । सोही आधारमा प्रसाईं अस्ति मध्यपुर थिमीस्थित निवासबाट पक्राउ परेका हुन् ।

तस्बिरहरु

टिप्पणीहरू