सीटीईभीटी उपाध्यक्ष उम्मेदवारहरुलाई शुक्रबार बोलाइयो

सीटीईभीटी उपाध्यक्ष उम्मेदवारहरुलाई शुक्रबार बोलाइयो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ । 

उपाध्यक्ष मनोनयनका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये प्रस्तुतीकरण र अन्तवार्ताका लागि वर्णानुक्रमअनुसार १३ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ । सर्ट लिस्टमा परेकामा डा.खेमराज जोशी, टैलेन्द्र आचार्य, ओमप्रसाद बराल, डा.कुश्माकर भट्ट, राजबहादुर गिरी, भुवेश्वर ढुँगाना, मिस्टरकान्त मैनाली, जीवनारायण काफ्ले, हरीशंकरप्रसाद साह, डा.ज्ञानबहादुर थापा, डा.महेन्द्रप्रसाद भट्ट, सौरभराम जोशी र विमला भट्ट हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सर्ट लिस्टमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका लागि मन्त्रालयमा आगामी शुक्रबारका दिन समय निर्धारण गरिएको छ ।

टिप्पणीहरू