एकपछि अर्का भारतीय राजदूतको ओइरो

एकपछि अर्का भारतीय राजदूतको ओइरो
सुन्नुहोस्

नेपालका लागि भारतीय पूर्व राजदूत मञ्जीवसिंह पुरी काठमाडौं आएका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१५ मा नयाँ दिल्लीबाट आज दिउँसो आएका हुन् । पुरीको नेपाल भ्रमणबारे नेपाल सरकार,भारतीय राजदूतावास,भारतीय विदेश मन्त्रालय कतैबाट पनि औपचारिक जानकारी दिइएको छैन ।

पूर्व राजदूत रन्जित रे गत महिना यसैगरी आएका थिए । उनी गत वर्ष भदौ १८ गते पनि यता आएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । रेलाई नेपाली काँग्रेसका बागी सांसद अमरेशकुमारले आफ्नै सवारी साधनमा राखेर बालुवाटार पुर्याएको खबरले विशेष चर्चा पाएको थियो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार तथा नीति आयोगका अध्यक्ष विवेक देव रायसँगै काठमाडौं आएर होटल हिमालयमा बसेका थिए । 

अर्का पूर्व राजदूत श्यामशरण गत जेठ अन्तिम साता आए । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन श्रीमतीसहित आएका शरण श्रीमती नयाँ दिल्ली फर्केपछि केही दिन काठमाडौंमा बसेका थिए ।

टिप्पणीहरू