किन मागे प्रस्तावित राजदूतले चार दिन म्याद ?

किन मागे प्रस्तावित राजदूतले चार दिन म्याद ?
सुन्नुहोस्

संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । समितिको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक स्नातक शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र उपलब्ध नभएपछि प्रस्तावित भट्टराईले नाम फिर्ता लिन निवेदन दिएको उल्लेख गर्दै समितिले उनको नाम अस्वीकृत गरेको हो ।

यसअघि आजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढाउन समितिमा निवेदन दिनुभएको थियो । प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नुअघि समितिले उहाँसँग स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको थियो ।

प्रस्तावित राजदूतको उक्त निवेदनलाई आधार मानेर समितिले नाम अस्वीकृत गरेको निर्णयमा उल्लेख छ । समितिले राजदूतलगायत राजनीतिक नियुक्तिका पदमा सिफारिस गर्दा समावेशी सिद्धान्तलाई आत्मसात् गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले त्यस्ता व्यक्तिको योग्यता तथा आचरणका सम्बन्धमा सिफरिसअघि नै ख्याल गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ । 
भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को खण्ड (६)  बमोजिम कागजात पेश गर्न नसकेपछि उनले नाम फिर्ता लिएका हुन् । यसअघि संसदीय सुनुवाई समितिले उनीसँग स्नातक तह उत्तीर्णको प्रमाणपत्र मागेको थियो । असोज ११ गतेसम्मको समय मागेका न्यौपानेलाई समितिले समय थप गर्न नसक्ने भनेपछि आज उम्मेदवारी फिर्ताका लागि समितिमा निवेदन दिएका हुन् । 

दर्ता नम्बर १५ भएको निवेदनमा भनिएको छ, ‘यस समितिको निर्णयबमोजिम परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कागजात माग भएकोमा राजदूत नियुक्ति निर्देशिका २०७५ को दफा ३ को खण्ड (छ) बमोजिमका कागजातहरु हाललाई उपलब्ध गराउन नसकेको व्यहोरा सविनय जानकारी गराउन चाहन्छु । तसर्थ, सम्मानित समितिसमक्ष उम्मेदवारी फिर्ताको लागि अनुरोध गर्दै सोअनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

टिप्पणीहरू