प्रधानमन्त्रीको शपथपछि संसद विघटन र मध्यावधि निर्वाचन घोषणा

प्रधानमन्त्रीको शपथपछि संसद विघटन र मध्यावधि निर्वाचन घोषणा
सुन्नुहोस्

श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटनका लागि गरिएको सिफारिस सदर गरेका हुन् ।

दिसानायकेले आफ्नो दलको गठबन्धन नेसनल पिपुल्स पावर–एनपीपीको तीन सीट मात्र रहेको २२५ सदस्यीय संसदलाई विघटन गरेका हुन् । श्रीलंकामा आगामी नोभेम्बर १४ मा निर्वाचन गराइने छ । यसअघि २०१९ मा भएको राष्ट्रपतीय निर्वाचनमा दिसानायकेले मुश्किलले तीन प्रतिशत मत प्राप्त गरेका थिए । 

राष्ट्रपतिले हिजो हरिणी अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । दिसानायके निकट हरिणी मुलुकमा तेस्रो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपतिले अस्ति शपथ र पदभार ग्रहण गरेका थिए ।

टिप्पणीहरू