दशैंअघि व्यापारीहरुलाई महानगरले गरायो सचेत, उपभोक्तालाई सुझाव

दशैंअघि व्यापारीहरुलाई महानगरले गरायो सचेत, उपभोक्तालाई सुझाव
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसल व्यापारीहरुलाई प्रचलित मापदण्डबमोजिम सामान बेचबिखन गर्न सचेत गराएको छ । महानगरले मूल्यसूची सबैले देख्नेगरी राख्न, अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा सामान बिक्री नगर्न, उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बेच्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्नुपर्नेमा सम्झाएको छ ।

महानगरले जारी गरेको सूचनामा मापदण्डविपरीत सामान बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको छ । ‘अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने...’, सूचनामा उल्लेख छ । 

उपभोक्ताहरुलाई सामानमा उल्लेख भएको विवरण जाँचेर मात्र खरिद गर्न सम्झाएको छ ।

टिप्पणीहरू