श्रीलँकाबाट भागेका रास्ट्रपति बिनोद चौधरीको होटलमा

श्रीलँकाबाट भागेका रास्ट्रपति बिनोद चौधरीको होटलमा
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे नवलपुर पुगेका छन् । 

हिजो काठमाडौँ ओर्लिएका उनी आज सिजिधाम घुम्न त्यता गएका हुन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको चाँजोपाँजोमा त्यहाँ पुर्याइएका पूर्वराष्ट्रपति राजपाक्षे भोलि भरतपुर जाने भ्रमणतालिका छ । 

आज साँझ विनोदको मेघौली रिसोर्टमा बास बसेर भोलि बिहानै चितवन जाने कार्यक्रमअन्तर्गत रिसोर्ट बुक गरिएको छ । भरतपुरमा पनि चौधरी ग्रुपकै होटलमा राख्ने तयारी छ ।

भोलि सुस्ताको पुल उद्धघाटन गरेर भैरहवाबाट काठमाडौँ फर्किने तालिका रहेको बताइएको छ ।  श्रीमतीसहित अस्ति काठमाडौँ उत्रिएका राजपाक्षे हिजो ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेका थिए ।

टिप्पणीहरू