थप सहयोगका लागि चीन तयार, पोखरा र भैरहवामा सिधा उडानको आग्रह

थप सहयोगका लागि चीन तयार, पोखरा र भैरहवामा सिधा उडानको आग्रह

चिनियाँ उपप्रधानमन्त्री ह लिफेङले नेपाललाई आगामी दिनाम थप सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज बेइजिङमा भएको भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो । त्यसबीचमा दुई देशबीच कायम रहेको आपसी हित र सहयोगबारे गहन छलफल भएको बताइएको छ ।

चीनले विगतका घोषणा एवम् सहमतिबमोजिमका सहयोग परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता बताएको छ । भेटमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गर्नु भएको थियो ।

 

उहाँले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोझो हवाइ सेवा विस्तारका लागि पनि आग्रह गर्नुभएको छ । यसमा चीन सरकार सकारात्मक रहेको नेपाली अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू