आज नेपाल-चीन मिडिया सम्मेलन र नयाँ चीन स्थापनाको वार्षिकोत्सव मनाईंदै

आज नेपाल-चीन मिडिया सम्मेलन र नयाँ चीन स्थापनाको वार्षिकोत्सव मनाईंदै

आज राजधानीमा ‘चीन नेपाल मिडिया सम्मेलन २०२४’ हुँदैछ । दक्षिण एशिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आज दिउँसो काठमाडौंको बत्तिसपुतलीमा सम्मेलन आयोजना गर्न लागिएको छ ।

सम्मेलनको तेस्रो संस्करणमा चिनियाँ र नेपाली सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय विषयवस्तुमाथि छलफल गरिँदैछ । सम्मेलनको मूल नारा ‘आपसी सहयोग र जीतको सहकार्य’ रहेको छ ।

दुबै मुलुकका सरकारी अधिकारीहरु,मिडियाकर्मी,विशेषज्ञ र विद्वानहरूले आफ्ना धारणा राख्ने कार्यक्रममा दक्षिण एशियाली मिडियाको भविष्य र यसको विकासबारे पनि मन्थन हुने कार्यक्रम छ ।

चिनियाँ समाचार समिति सिन्ह्वा, सिसिटिभी,तिब्बत मिडिया ग्रुपलगायत नेपालस्थित ३० भन्दा बढी चिनियाँ संस्था,उद्यम र कम्पनीहरूको सम्मेलनमा सहभागिता हुने बुझिएको छ । नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति,नेपाल टेलिभिजन, कान्तिपुर,जनआस्था,देशसञ्चार अनलाइनलगायत ५० भन्दा बढी नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ ।

सोही क्रममा नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवसमेत मनाईंदैछ । सन्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र चिनियाँ राजदूत छन सोङ्गलाई कार्यक्रममा प्रमुख र बिशेष अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

टिप्पणीहरू