राष्ट्रपतिलाई भैरवनाथमा छोडेर सैनिक हेलिकोप्टर एअरपोर्ट फिर्ता
नवलपरासीको सुस्तामा निर्मित झोलुङ्गे पुल उद्धघाटन गरेर राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ फर्किनुभएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमा आज दिउँसो सुस्ता पुग्नुभएका उहाँ साँझ फर्किनुभएको हो । सेनाको एनए-०६७ अगस्टा हेलिकोप्टरमा भैरवनाथ गणमा ओर्लिएर राष्ट्रपतिसहित १० जनाको टोली भर्खरै शीतल निवास पुगेको छ ।
राष्ट्रपतिलाई भैरवनाथ गणमा ओरालेर खालि हेलिकोप्टर साँझ साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित मध्य एयर वेसमा अवतरण गराएको सेनाले जनाएको छ ।
टिप्पणीहरू