काठमाडौँका ‘दशैँ अफर’ गेट हटाइयो
नजिकिँदो चाडपर्वलाई लक्षित गरी ग्राहक तान्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा व्यापारीहरुले राखेको गेट हटाइएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र राखिएका त्यस्ता गेटहरु हटाएको हो । महानगर प्रहरी बलले आज वडा नम्बर-१४ कुलेश्वर क्षेत्रमा 'दशैँ अफर' लेखिएको पसलबाहिरका केही गेट निकालेको छ ।
आफ्नो व्यापार बढाउन अनाधिकृत रुपमा विज्ञापन गरिएकाले हटाउनुपरेको महानगरले जनाएको छ ।
टिप्पणीहरू