पूर्व राजदूत र पूर्वसेनापतिको सुटुक्क साथ

पूर्व राजदूत र पूर्वसेनापतिको सुटुक्क साथ

नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पुरी र पूर्वप्रधानसेनापति प्यारजंग थापाबीच भेटवार्ता भएको छ । 

आज साँझ दरबार मार्गस्थित याक याण्ड यती होटलमा उनीहरुबीच करिब एक घण्टा गोप्य भेट भएको बुझिएको छ । अस्ति मंगलबार दिउँसो काठमाडौँ आइपुगेका पुरी विभिन्न भेटघाटमा व्यस्त छन् । हिजो एउटा सार्वजनिक कार्यक्रममा पनि उनी देखिएका थिए ।

तर, पुरीको नेपाल भ्रमणबारे सरकार,भारतीय दूतावास कतैबाट औपचारिक जानकारी दिइएको छैन ।

टिप्पणीहरू