अस्ति र हिजो पालैपालो राष्ट्रपति दम्पतिको निम्तो

अस्ति र हिजो पालैपालो राष्ट्रपति दम्पतिको निम्तो

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका नेताहरुको स्वागतमा न्युयोर्कमा रात्रिभोजको आयोजना गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेका अन्य मुलुकका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुख एवम् प्रतिनिधिको सम्मानमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको छ ।

सहभागी सबैलाई राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल वाइडेनले स्वागत गर्नुभएको थियो । यसअघि डा. जिल वाइडेनले महासभामा भाग लिने क्रममा त्यहाँ रहेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका पत्नी एवम् प्रथम महिलाहरुको निम्ति स्वागत कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यसमा  प्रधानमन्त्री पत्नी राधिका सहभागी पुग्नुभयो ।

टिप्पणीहरू