संसदीय टोली एक घण्टा भन्सारमा

संसदीय टोली एक घण्टा भन्सारमा

संसद्को अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको निरीक्षण गरेको छ ।  

समितिका सभापति सन्तोष चालिसे नेतृत्वको टोलीले आज बिहान भन्सारको स्थलगत अनुगमन गरेको हो । एक घण्टा लामो अनुगमनपछि संसदीय टोलीले चार बुँदे सुझाए दिएको छ ।  

भन्सार क्षेत्रमा यात्रुहरुको लगेज टुटफुट हुने गरेकाले त्यस्तो अवस्था अन्त्य हुनुपर्ने, बिदेशबाट आएका यात्रुहरुको 'आरसी' लेखिएको लगेजलाई छुटै बेल्टमा रेकर्ड राख्ने प्रवन्ध मिलाउनुपर्ने, विदेश जानुअघि यात्रुले नेपालबाट लगाएर गएका गरगहनाको रेकर्ड राखेर उनीहरु फर्कंदा सहजीकरण गरिदिन र भन्सार तिरेका व्यक्तिको नाम, ठेगाना र मोबाईल नम्बर जस्ता परिचय खुल्ने विवरण रेकर्डमा राख्न समितिले सुझाव दिएको हो । 

त्यसअघि संसदीय समितिको टोलीलाई भन्सार प्रमुख महेश बरालले स्वागत गर्दै समग्र भन्सार अवस्थाबारे ब्रिफिङ गरेका थिए । बिहान सवा ११ बजे पुगेको टोली करिब एक घण्टा निरीक्षण गरेर फर्किएको बताइएको छ । 

अर्थ समितिले बेला-बेला देशका मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने गरेको छ ।
 

टिप्पणीहरू