चाडपर्व लगत्तै सडकमा ओर्लिने राजावादीलाई भूपू सुरक्षाकर्मीको तालिम

चाडपर्व लगत्तै सडकमा ओर्लिने राजावादीलाई भूपू सुरक्षाकर्मीको तालिम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले छठलगत्तै काठमाडौँ केन्द्रित आन्दोलन शुरु गर्ने भएको छ । 

राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दू अधिराज्य फिर्ता, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग राख्दै आन्दोलन गर्न लागेको राप्रपाले जनाएको छ । आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री डा.धवलशम्सेर राणाले सबै जिल्ला कार्यसमितिका अध्यक्षलाई पत्राचार गर्दै आन्दोलनको आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । 

केन्द्रीय प्रशिक्षकहरु प्रशिक्षण दिन जिल्लामा आउने उल्लेख गर्दै त्यसको आवश्यक प्रबन्ध मिलाउन पनि भनिएको छ । 

‘आन्दोलनमा सक्रिय हुने सहयोद्दाका लागि राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरुमा प्रशिक्षण दिन आन्दोलन परिचालन समितिले असोज ८ गते केन्द्रीय कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ’,पत्रमा भनिएको छ,‘आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकहरु सबै जिल्लामा आउनुहुनेछ । जिल्लामा खटिने प्रशिक्षकको टोलीसँग समन्वय गरी तपाईंमातहत जिल्लामा प्रशिक्षणको लागि आवश्यक प्रबन्ध मिलाउनहुन अनुरोध गर्दछु ।’

प्रशिक्षण टोलीमा राजनीतिज्ञ र भूपू सुरक्षाकर्मी रहने जनाइएको छ । त्यसैगरी, प्रशिक्षणमा प्रत्येक वडाबाट तीन जनालाई सहभागी गराइनेछ ।
 

टिप्पणीहरू